समाज

मोरङमा ८ लाख बराबरको पटाका नष्ट

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १९:१२ बजे

काठमाडौँ- मोरङमा विभिन्न नाकाबाट पक्राउ गरिएकाे करिब ८ लाख रुपैयाँ बराबरको पटाकाहरू सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर कंकालिनी गणले मोरङले डिस्पोज गरेको छ । शुक्रबार बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापामगर लगायत सशस्त्र प्रहरीहरूको उपस्थितिमा पटाकाहरू गणको परिसरभित्र खाल्डो खनेर पानी हाली डिस्पोज गरिएको हो ।

सरकारले पटाका बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएपछि सशस्त्र प्रहरीहरूले विभिन्न ठाउँमा चेक जाँच गरेर पटाका बरामद गरेको हो । 


जोगबनीबाट भित्रिने पटाकाहरू राजधानी काठमाडौँ लगायत पहाडी बजारहरूसम्म पुग्ने गरेकाले यसपटक प्रहरीहरूले राजमार्गहरूमा समेत चेकजाँच थालेको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।

दसैँपछि र छठसम्म करिब १० दिन हुने पटाका व्यापारबाट भारतीय सीमावर्ती जोगबनी बजारमा मात्र करिब १ करोड रुपैयाँको कारोबार हुने गरेको छ ।


Author

थप समाचार
x