समाज

रौतहटकी प्रमुख​ साहलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

इकागज |
कात्तिक २४, २०८० शुक्रबार २१:५४ बजे

काठमाडौँ- सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी प्रमुख रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज साहलाई पदमुक्त गर्न नेकपा (एमाले) ले गरेको पत्राचार र निर्वाचन आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशमा नगर प्रमुखको पदमा रही साहलाई कामकारबाही गर्न भनिएको छ । 


एमालेले नगर प्रमुख साहले दल त्याग गरेकाले पद स्वतः रिक्त हुने भनेर निर्वाचन आयोगमा पत्राचार गर्यो । आयोगले गत असोज २९ गते साह पदमुक्त भएको निर्णय गरेको थियो । उक्त निर्णयविरूद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।


Author

थप समाचार
x