समाज

अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

इकागज |
कात्तिक २५, २०८० शनिबार १८:९ बजे

फाइल तस्बिर

अछाम- अछाममा अरिङ्गालको टोकाइबाट एक वृद्धा घाइते भएकी छन् । जिल्लाको साफेँबगर नगरपालिका–७ रिडकोटकी अन्दाजी ७० वर्षीया जलु देवी कुमाललाई अरिङ्गालले टोकेको हो ।

कुमाललाई घरको आँगनमा बसिरहेका बेला अरिङ्गालले टोकेको थियो । घाइते वृद्धाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । रासस



Author

थप समाचार
x