समाज

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती

इकागज |
कात्तिक २५, २०८० शनिबार २०:५३ बजे

फाइल तस्बिर

रुकुम- नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्प पीडितका लागि त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ । ​भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो ।

भूकम्प पीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिए । आवश्यकताअनुसार थप ठाउँमा पनि बत्ती जडान हुने उनले बताए । 


आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ । रासस


Author

थप समाचार
x