लक्ष्मी जयन्तीमा विद्यालयस्तरीय कविता प्रतियोगिता र स्रष्टा सम्मान
मकवानपुर- मकवानपुरको हेटौंडामा ११५औँ लक्ष्मी जयन्तीको अवसरमा विद्यालयस्तरीय कविता प्रतियोगिता र स्रष्टा सम्मान कार्यक्रम भएको छ । साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लब हेटौंडा ११ को संयुक्त आयोजनामा कविता प्रतियोगिता र सर्जक सम्मान कार्यक्रम भएको हो ।
विद्यालयस्तरीय कविता प्रतियोगितामा ३७ जना कविका प्राप्त कवितामध्ये १५ कविका कविता छनौट भइ वाचन चरणमा प्रवेश गरेकाे थियाे । वाचनको लागि प्रत्यक्ष उपस्थित हुनु पर्नेमा छनौटमा परेका १५ कवि मध्ये १२ कविले आआफ्ना कविता वाचन गरेका थिए । वाचन चरणबाट निमिषा निरौला, कृष्मा लौडारी र विशप आचार्यको कविता उत्कृष्ट भएका छन् ।
यसैगरी रीतिका छत्कुली र इभानी रानाभाटको कविता प्रोत्साहनमा परेको थियो । उत्कृष्ट ३ कविका कविताले २ हजार पुरस्कार र प्रोत्साहन हुनेले लागि १ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कविता प्रतियाेगितामा उत्कृष्ठ कवि लौडारी हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमीमा कक्षा–८ मा, निरौला हेटौँडा–५ स्थित जिएस निकेतनमा कक्षा–९ मा अध्ययनरत छन् । यसै गरी आचार्य तनहुँ जिल्लास्थित साँस्कृतिक गुरुकुल माध्यमिक विद्यालयमा अध्ययनरत रहेकाे साहित्य संगम उपाध्यक्ष सानु खनालले जानकारी दिए ।
यस्तै प्रतियाेगितामा प्राेत्साहन पुरस्कार प्राप्त गर्ने छत्कुली हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा अध्ययन छिन् भने रानाभाट ब्रहमदिक एकेडेमीमा अध्ययनरत छिन् ।
महाकवी देवकोटा सम्मान, २०८० खरेललाई
मकवानपुरे अग्रज साहित्य स्रष्टा देवराज खरेललाई सम्मान गरिएको छ । १० हजार राशिको महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मानबाट साहित्य सर्जक खरेललाई देवकोटा जयन्तीको अबसरमा हेटौंडामा सम्मानित गरिएको हो । नेपाली साहित्यमा कविता, निबन्ध तथा साहित्यिक पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै खरेललाई महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मानबाट सम्मानित गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया