समाज

कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई एक करोडको पुरस्कार घोषणा

इकागज |
जेठ १८, २०७८ मंगलबार १९:२ बजे

काठमाडौँ  : कोभिड संक्रमण भएका व्यक्तिको उपचार सेवामा खटिएका स्वास्थ्यकर्मीलाई  कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजले एक करोडको पुरस्कार प्रदान गर्ने भएको छ । 

इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोभिड संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १०० जना स्वास्थ्यकर्मीलाई एक लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताए । 


कोभिड संक्रमणको जोखिममा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान गर्न र मनोबल उच्च बनाउन आफूहरूले सहयोग गर्न लागेको इन्टरप्राइजकी अदिती घिमिरेले जानकारी दिइन् । स्वास्थ्यकर्मीलाई छान्ने र पुरस्कृत गर्ने काम भने बारबारा फाउन्डेशनले गर्नेछ  । 


Author

थप समाचार
x