भूकम्पपीडितलाई इयूको २८ करोड ८० लाख
काठमाडौँ- युरोपेली सङ्घ (इयू) ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायतास्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरूप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ ।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्घले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया