समाज

बाँकेमा गोली चल्यो, फरार अभियुक्त समातिए

इकागज |
मंसिर १, २०८० शुक्रबार १४:३९ बजे

बुटवल- अभियुक्त पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलाएको छ । बाँकेको जानकी गाउँपालिका-४ मा प्रहरीले गोली चलाएर अभियुक्त पक्राउ गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । रानाको खुट्टामा एक राउण्ड गोली लागेको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


तिहारको टीकाको दिन कोहलपुरमा मिनबहादुर विकलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका उनलाई प्रहरीले खोजिरहेको थियो ।  घाइते विकलाई थप उपचारका लागि लखनउ लगिएको छ । प्रहरीले जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि नियन्त्रणमा लिन पुगेको थियो । उनी भागेपछि प्रहरीले एक राउण्ड गोली चलाएको हो ।

‘उसलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।


Author

थप समाचार
x