समाज

आफैँले चलाएको ट्रयाक्टरले थिचेर थापाको मृत्यु

इकागज |
जेठ १८, २०७८ मंगलबार २०:१५ बजे

तनहुँ : आफैँले चलाएको ट्रयाक्टरले थिचेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षीय भीमबहादुर थापा छन् । 

व्यास नगरपालिका-५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब ४०  मीटर खस्दा त्यसैले थिचेर थापाको मृत्यु भएको  प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । 
 
 शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको तथा ट्रयाक्टर क्रेनका माध्यमबाट बाहिर निकाल्ने प्रयास भइहेको प्रहरीले जनाएको छ । (रासस)
 



Author

थप समाचार
x