फरार अभियुक्त तीस वर्षपछि पक्राउ
महेन्द्रनगर (कञ्चनपुर)- तीस वर्षदेखि फरार रहेका अभियुक्त आज कञ्चनपुरको दोधारा चाँदनीबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका लागि अदालतमा पेस गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको छ । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया