समाज

उर्लाबारी आगलागीका घाइते भेट्न केपी ओली कीर्तिपुरमा

इकागज |
मंसिर १, २०८० शुक्रबार २१:२२ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उर्लाबारी आगलागी घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शुक्रबार काठमाडौँको कीर्तिपुर अस्पतालमै पुगेर अध्यक्ष ओलीले घाइते बिरामीको अवस्थाबारे जानकारी लिँदै बिरामीका आफन्तलाई उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराउने बताए ।


आज चार जना घाइते बिरामीको शल्यक्रिया सम्पन्न भएको छ । घटनाका घाइतेमध्ये कम सिकिस्त अवस्थामा रहेका चार जनाको शल्यक्रिया गरिएको अस्पताल निर्देशक डा. शंकरमान राईले बताए ।

घाइतेमध्ये शल्यक्रिया गर्न मिल्ने चार जनाको शल्यक्रिया सम्पन्न भएको र आईसीयूमा राखिएका अन्यको आइतबारबाट शल्यक्रियाको प्रकिया थालिने जनाइएको छ । आज शल्यक्रिया भएकाहरूलाई भने केही दिनपछि डिस्चार्ज गर्न सकिने भएको छ । शुक्रबार शिवकुमार विक, मनबहादुर घिसिंङ, रिद्दिकिरण राई र नेत्र भण्डारीको शल्यक्रिया गरिएको हो ।

गत कात्तिक २६ गते उर्लाबारी–७ इटहरा रोडस्थित दिपक कार्कीको घरमा आगलागी हुँदा आगो निभाउने क्रममा ४ जना प्रहरीसहित २८ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौँ ल्याइएको थियो ।


Author

थप समाचार
x