समाज

उर्लाबारीमा सिटी सफारी र मोटरसाइकल ठोक्किदा एक जनाकाे मृत्यु

इकागज |
मंसिर १, २०८० शुक्रबार २१:३४ बजे

उर्लाबारी- उर्लाबारीमा शुक्रबार साँझ सिटी सफारी र मोटरसाइकल ठोक्किदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ । 

उर्लाबारी नगरपालिका-५ तरूण चोकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ह ८७३७ नम्बरको सिटी सफारी र विपरीत दिशातर्फ आउँदै  गरेको प्र१-०२-०५० प ३१२२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा माेटरसाइकल चालक उर्लाबारी-५ का ३० वर्षीय माैसम भण्डारीकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय  उर्लाबारीले जनाएकाे छ । 


दुर्घटनामा परी टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई तत्काल प्रहरीले उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल पुर्याएता पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवेल हस्पिटल विराटनगर लगिएकाे थियाे ।

तर, विराटनगर पुर्याएपछि चिकित्सकले उनलाई  मृत घाेषणा गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले माेटरसाइकल, सिटी सफारी र सफारी चालकलाई नियन्त्रणमा लिएकाे जनाएकाे छ ।


Author

थप समाचार
x