भूकम्प पीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख
काठमाडौँ- जाजरकोट भूकम्प पीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले एक करोड ३२ लाख मानवीय सहायतास्वरूप प्रदान गरेको छ ।
नेपालका लागि चीनका राजदूत छन् सङले शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन् ।
चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्प पीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताएका छन् । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया