समाज

ललितपुरको ऐतिहासिक कात्तिक नाच सुरु

इकागज |
मंसिर ३, २०८० आइतबार १५:१० बजे

काठमाडौँ- ललितपुरको ऐतिहासिक कात्तिक नाच शनिबार रातिबाट सुरु भएको छ ।

३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यस वर्ष १० दिनसम्म चल्नेछ । सो क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ ।


नाचको पहिलो दिन पाटन डबलीमा बाथःप्याखँअन्तर्गतको माकः सीमियेगु नाटक प्रदर्शन गरिएको छ । १३ जना कलाकारले प्रस्तुत गरेको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेका हुन् । नाचमा दैत्य जगाउने परम्परा छ । यस नाचमा राजोपाध्याय, श्रेष्ठ,  प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गरेको कात्तिक नाच संरक्षण समितिले जनाएको छ । 


Author

थप समाचार
x