समाज

हिन्दू राष्ट्र प्राप्तिका लागि प्रदेश सांसाद पराजुलीले गरे छठ पूजाको अवसरमा प्रणाम यात्रा

इकागज |
मंसिर ३, २०८० आइतबार १७:१३ बजे

काठमाडौँ- कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले हिन्दू राष्ट्र प्राप्तिका लागि भन्दै छठ पूजाको अवसरमा प्रणाम यात्रा गरेका छन् । पराजुलीले  धर्मसहितको सनातन हिन्दु राष्ट्रको माग राख्दै दण्ड प्रणाम यात्रा सिंघिया घाटसम्म गरेका हुन् ।

घरदेखि घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा प्रणाम यात्रा भनिन्छ ।


कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पराजुलीले हिन्दु राष्ट्र नभई देशको विकास र सुख शान्ति नहुने भन्दै यो १९ औं दण्ड प्रणाम यात्रा गरेको बताए । उनले मुलुकको शान्ति विकास र सम्बृद्धिका लागि कामना गरेर दण्ड प्रणाम यात्रा गरेको समेत बताए ।

विराटनगर महानगरपालिका-३ ठूलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा गर्ने गरेको उनले बताए । दण्ड प्रणाम यात्राका लागि शनिबारदेखि व्रत बसेको उनले बताए ।


Author

थप समाचार
x