कर्णाली नदीमा सडेको अवस्थामा महिलाको शव फेला
फाइल तस्बिर
हुम्ला- हुम्ला सदरमुकाम सिमकोटदेखि करिब ४० किलोमिटरको दूरीमा रहेको राया नजिकै कर्णाली नदीमा एक महिलाको शव फेला परेको छ । सोमबार बिहान खार्पुनाथ गाउँपालिका-३ को बोक्चेगौडा नजिकै कर्णाली नदीको किनारमा सडेको अवस्थामा एक महिलाको शव फेला परेको हो ।
माछा मार्न गएका स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेको हुम्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।
प्रहरीले करिब एक महिनाअघिदेखि हराइरहेकी महिलाका बुवालाई शवको सनाखतका लागि आग्रह गरेको थियो । असोज १३ गते बुवाआमाको नाममा पत्र लेखेर सदरमुकाम सिमकोटबाट बेपत्ता भएकी खार्पुनाथ-२ थाली गाउँकी १६ वर्षीया सुजाता रावल बेपत्ता भएकी थिइन् । उनको खोजी गरिरहेको प्रहरीले कुनै पत्ता लगाउन सकेको थिएन ।
युवतीको शव फेला परेसँगै बुवा देबराज रावललाई बोलाउँदा उनले प्रहरीलाई शव छोरीको भएको दाबी गरेका छन् । शव सडेर नचिनिने भएकाले डीएनए परीक्षण गरेर मात्रै शवको पुष्टि हुने प्रहरीले जनाएको छ ।
नाम्खा गाउँपालिका-४ याल्वाङ्गमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययन गर्दै आएकी सुजातालाई होस्टेलले निष्कासन गरेपछि बेपत्ता भएकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया