समाज

ट्राफिक प्रहरीले भन्यो - मंसिर ७ मा अत्यावश्यक भएमात्रै बाहिर निस्कनु

इकागज |
मंसिर ६, २०८० बुधबार १५:३४ बजे

काठमाडौँ - काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले बिहीबार अत्यावश्यक भएमात्रै सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले मंसिर ७ गते विभन्नि समूहले र्‍याली, जुलुसका साथै विरोध प्रदर्शन गर्ने बुझिएकाले सवारी आवागमनमा असहजता हुने भन्दै अत्यावस्यक भएमात्रै बाहिर निस्कन आग्रह गरेको हो । 

ट्राफिक कार्यालयले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न साथै ट्राफिक एफ. एम. ९५.५ मेगाहर्ज सुनी सडकको अवस्था जानकारी लिन पनि आग्रह गरेको छ ।



Author

थप समाचार
x