रमजान अली मियाँलाई अमेरिकी संस्थाद्वारा ‘शान्तिदूत’को उपाधि
काठमाडौँ - प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई अमेरिकी संस्था ग्लोबल पिस चेनले आफ्नो ‘शान्तिदूत’को उपाधि प्रदान गरेको छ । कतारबाट ‘शान्तिदूत’ छनोटमा पर्ने उनी एक मात्र व्यक्ति हुन् ।
ग्लोबल पिस चेनको सेलेक्सन कमिटीले उनले कतारमा रहेर नेपाली समुदायमा हार्दिकता, मेलमिलाप एवं उत्कृष्ट मानवीय तथा सामाजिक कार्य गरेको ठहर गर्दै उनलाई ‘शान्तिदूत’ उपाधि प्रदान गरेको हो ।
आगामी वर्ष जनवरी २२ देखि २५ तारिखसम्म दोहामा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना हुने आयोजक समितिले जनाएको छ ।
प्रोफेसर मियाँ लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाताका रूपमा कतारमा क्रियाशील छन् ।
उनी राष्ट्रिय मानव अधिकार समिति कतारमा पनि आबद्ध छन् । विगत १५ वर्षदेखि कतारलाई कर्मथलो बनाइरहेका मियाँका अरबी, नेपाली, उर्दू, हिन्दी भाषामा तीन दर्जन किताब प्रकाशित छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया