समाज

पाँच ठाउँमा पाँच शव फेला

इकागज |
मंसिर ७, २०८० बिहीबार ७:१५ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिका–३ लाजिम्पाटस्थित बाटोमा अन्दाजी ४० वर्षीय जीते राई बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौँ महानगरपालिका–८ गौशाला चोकस्थित भुना गेष्ट हाउसमा सोमबारदेखि बस्दै आएका रौतहट घर भएका २४ वर्षीय कुन्दन साह बसेकै कोठामा बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


सुनसरी, बराहक्षेत्र नगरपालिका–४ धनपुरी बस्ने ४८ वर्षीय अमरलाल सदा सोही ठाउँस्थित माछा पोखरीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । मङ्गलबार राति घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 
कैलाली, धनगढी उपमहानगरपालिका–६ मट्यारीस्थित सरस्वती सामुदायिक वनमा  नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

चितवन, खैरहनी नगरपालिका–९ नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडीमा नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रधान कार्यालयले जनाएको छ । रासस


Author

थप समाचार
x