तीनकुनेमा प्रदर्शन गर्न लागेका दुर्गा प्रसाईं समूहका पाँच जना समातिए
सांकेतिक तस्बिर
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् ।
आज ११ बजेदेखि तीनकुने काठमाडौँमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरूलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार शान्ति सुरक्षामा खलल पुर्याउने उदेश्यले आन्दोलन गर्न लागेको सूचनाका आधारमा आज बिहानसम्म पाँच जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई काठमाडौँको बिभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायत ५ जना पुगिसकेका छन् ।
उता जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुनेमा प्रसाईं समूहलाई आन्दोलन गर्ने अनुमति नदिएको जनाएको छ । जहाँ उनीहरूले आन्दोलन गर्ने घोषणा गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया