Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

दुर्गा प्रसाईं भन्छन्- सबैलाई लिएर प्रचण्ड र ओलीको घर घेर्न जान्छु

इकागज |
मंसिर ८, २०८० शुक्रबार ११:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- दुर्गा प्रसाईंले आन्दोलनकारीलाई लिएर नेताहरूको घरमा जाने बताएका छन् । 

हिजोदेखि ‘व्यवस्था विरोधी’ आन्दोलन सुरु गरेका प्रसाईंले दुखित चेलिबेटीहरूलाई लिएर घर घेराउ गर्ने बताएका हुन् ।


‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जान्छु,’ प्रसाईंले भने, ‘अब उनीहरूले उहाँहरूको जिम्मा लिनुपर्नेछ ।’ 

उनले काठमाडौँ, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनुपर्ने उनले बताएका छन् । ‘आज यो आन्दोलनमा तपाईंहरू आउनु भएन भने भोलि तपाईंहरूको धनीपुर्जा पनि हुन्न् ।’ 


Author

थप समाचार
x