समाज

गृहमन्त्रीका प्रेस सल्लाहकार भन्छन्- दुर्गा प्रसाईं नजरबन्दमा परेको कुरा झुटो हो

इकागज |
मंसिर ८, २०८० शुक्रबार १३:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दुर्गा प्रसाईं नजरबन्दमा परेको भन्दै झुटो प्रचार गरेको बताएका छन् । शुक्रबार प्रसाईं नजरबन्दमा परेको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलिएपछि गिरीले यस्तो बताएका हुन् ।

'दुर्गा प्रसाईं गिरफ्तार र नजरबन्द भनेर भर्खरदेखि जुन प्रचार थालिएको छ, त्यो सम्पुर्णत झुट र काल्पनिक हल्ला मात्रै हो' गिरीले भनेका छन् ।


हिजोको प्रदर्शनमा द्वीपक्षीय झडप हुन नपाओस्, मानवीय एवम् भौतिक क्षति हुन नपाओस भनेर छुट्टाछुट्टै कार्यक्रम स्थान तोकिएको बताए । 'केहीले निषेधित क्षेत्र तोड्न खोज्दा नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा मात्रै प्रयोग गरिएको' गिरीले भने 'प्रचार गरिए जस्तो रबर वा कुनै पनि प्रकारको गोली प्रयोग नगरिएको सबैमा अवगत नै छ ।'
 


Author

थप समाचार
x