समाज

चन्द्रागिरिमा पर्खाल भत्किँदा दुईको मृत्यु

इकागज |
जेठ १९, २०७८ बुधबार १४:३५ बजे

काठमाडौँ  : काठमाडौँको चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकाप नजिकै कंकालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको  जानकारी दिए ।  

मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ छन् । घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले छन् । घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए । (रासस)
 



Author

थप समाचार
x