समाज

धनगढीका लागि उडेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्कियाे

इकागज |
मंसिर ८, २०८० शुक्रबार १८:५६ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।

उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किएको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । 


प्राविधिक समस्या उत्पन्न भएको विमानका  यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर  गन्तव्यतर्फ पठाइएको जानकारी व्यवस्थापक मानन्धरले बताए । रासस


Author

थप समाचार
x