काठमाडौँमा 'राजा आउ देश बचाउ' को नारा, पूर्व राजा भने झापामा
काठमाडौँ - काठमाडौँमा 'राजा आउ देश बचाउ' को नारा घन्किरहँदा पूर्व राजा ज्ञानेन्द्र शाह भने पूर्वको यात्रामा छन् ।
उनी शनिबार झापाको बिर्तामोडस्थित ईकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न झापा पुगेका हुन् । पूर्वराजा शाह धुलाबारीस्थित मेची रिसोर्टमा बसेका छन् ।
शनिबार झापामा विशेष कार्यक्रम हुने राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए । स्थानीय आयोजकका अनुसार पूर्वराजा शाहले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारण भेट गर्ने कार्यक्रम छ ।
बिहीबार व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा गरेको प्रदर्शनमा 'राजा आउ देश बचाउ', 'हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ' लगायतको नारा लागेको थियो । आन्दोलनमा १५ हजार बढी मानिसहरूको उपस्थित रहेको प्रसाईंको दाबी छ । प्रसाईं राजा ल्याएरै छाड्ने भनेर अन्तिम आन्दोलनमा लागेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया