समाज

धनगढीमा काठ चोरीको आरोपमा सामुदायिक वनका सचिव पक्राउ

इकागज |
मंसिर ८, २०८० शुक्रबार २१:५४ बजे

धनगढी- कैलालीमा काठ चोरीको आरोपमा सामुदायिक वनका सचिव पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्माको शिव दर्शन एकता सामुदायिक वनका सचिव गयाप्रसाद राना काठ चोरीको आरोपमा पक्राउ परेका हुन् ।

डिभिजन वन कार्यालय, धनगढीका प्रमुख रामचन्द्र कँडेलका अनुसार काठको गोलिया चोरी आरोपमा उनी मंसिर ४ गते पक्राउ परेका हुन् । मंसिर ४ गते फूलबारी सव डिभिजनका कर्मचारीले रानालाई घरमा लुकाई छिपाई राखेको अवस्थामा १४ फिट लम्बाइको सालको गोलियासहित पक्राउ गरेको हो । उनीविरुद्ध मुद्दासमेत दर्ता गरिएको कँडेलले बताएका छन् ।



Author

थप समाचार
x