समाज

बर्दियामा जाडो छल्न बालेको आगो घरभित्रै फैलियो, चार जनाको मृत्यु

इकागज |
मंसिर ९, २०८० शनिबार ७:३६ बजे

काठमाडौँ- जाडो छल्न बालेको आगो घरभित्रै फैलन थालेपछि निसास्सिएर बर्दियामा चार जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–४ तुलापुरमा निसास्सिएर मृत्यु भएको हो ।

भरत चन्दको घरभित्र आगो बाल्दा निसास्सिएर उनका दुई वर्षीया छोरा कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, भरतकी बहिनी ३२ वर्षीया राधा बुढा र उनकी ११ वर्षीया छोरी मनीषा बुढाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी धीरजबहादुर शाहीले बताए ।


उनकाअनुसार एक जनाको उद्धार गरी अस्पताल पुर्‍याइको छ । अबको केहीबेरमा शव निकालेर पोष्टमार्टमका लागि अस्पताल लैजाने शाहीले बताए ।


Author

थप समाचार
x