भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा १८ जनाविरुद्ध सार्वजनिक मुद्दा
कञ्चनपुर- सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा राप्रपाका १८ जना नेता कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरेको हो ।
राप्रपा कञ्चनपुरको आयोजनामा शुक्रबार भएको संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको प्रदर्शनका पार्कभित्र रहेको सालिक तोडफोड भएको थियो । उक्त तोडफोडमा राप्रपाका आन्दोलनकारीहरु सहभागी भएको प्रहरीको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया