धनुषाको सबैला नगरपालिकामा भोलि सार्वजनिक बिदा
जनकपुरधाम- धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोलि साेमबार बिदा दिएको छ । नगरप्रमुख कारीराम यादवले पूर्णिमा मेलाको अवसरमा सोमबार बिदा दिएको सूचना जारी गरेका हुन् ।
सोमबार नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा एक दिनका लागि स्थानीय बिदा रहने सूचनामा उल्लेख छ ।
धनुषा र सिरहा जोड्ने कमला नदीमा पूर्णिमा अवसरमा विशाल मेला लाग्ने गर्छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया