समाज

गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

इकागज |
मंसिर ११, २०८० सोमबार १६:१२ बजे

फाइल फोटो

काठमाडौं- धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । दुर्गा प्रसाईंको आव्हानमा नागरिक बचाऊ अभियानअन्तर्गत  गौशालामा भएको आन्दोलनमा त्रिशूलसहित सहभागी भएपछि धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।

उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 


गेरुवस्त्रमा त्रिशूलसहित आएर सडकमै उग्र अभिव्यक्ति दिन थालेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको हो ।
 


Author

थप समाचार
x