‘नागरिक पहिलो’ अभियानको घोषणा
काठमाडौँ- नागरिक केन्द्रित राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा गरिएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा गरिएको हो । आजसम्म राजनीति र राज्यको केन्द्रमा शासकहरू भएको र राजनीतिलाई सत्ता प्राप्तिको रूपमा मात्रै लिइएको भन्दै राजनीतिको केन्द्रमा नागरिकहरूलाई स्थापित गराउनका लागि अभियानको थालनी गरिएको जनाइएको छ ।
कार्यक्रममा बोल्दै नागरिक पहिलो अभियानका अभियन्ता केशव दाहालले आफूहरूको राजनीतिमा नागरिक पहिलो हुनुपर्छ भन्ने सिद्धान्तलाई स्थापित गरेर मात्रै देशको समस्याहरूको समाधान हुने विश्वासका साथ अभियानको घोषणा गरेको बताए । उनले नागरिक केन्द्रित राज्य, नागरिक केन्द्रित अर्थ व्यवस्था, नागरिक केन्द्रित सामाजिक/आर्थिक प्रबन्ध र नागरिक केन्द्रित विदेश सम्बन्ध अभियानको केन्द्रीय दृष्टिबिन्दु भएको स्पष्ट पारे । उनले वर्तमान राजनीतिक संकट समाधानका लागि राजनीतिक पुनःगठन आवश्यक रहेको उल्लेख गर्दै राजनीति, विचार, संरचना, एजेण्डा र राजनीतिक संस्कृतिहरूको पुन:गठनमा नागरिक पहिलो भन्ने अवधारणा स्थापित हुनुपर्ने बताए ।
उनले सो अभियान एक स्वतन्त्र नागरिक अभियान भएको बताए । अभियानले अभियानमा सामेल भई देशको सार्वभौमसत्ताको रक्षा, सुशासन, समावेशिता, सामाजिक न्याय, आर्थिक विकास, समृद्धि र सहभागितामूलक लोकतन्त्रलाई संस्थागत गर्ने अभियानमा योगदान गर्न सबैमा अपील गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया