समाज

दूरसञ्चार प्राधिकरणले भन्योः टिकटक चलेको छ भने अनुमतिपत्र खारेज हुन्छ

इकागज |
मंसिर १४, २०८० बिहीबार १२:१३ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टिकटक सञ्चालनमा रोक लगाइएकाले कार्यान्वयन भएको छ छैन भनेर इन्टरनेट सेवा प्रदायक कम्पनीलाई २४ घण्टा भित्रमा जवाफ दिन निर्देशन दिएको छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीले २४ घण्टामा जवाफ नदिएमा प्राधिकरणले अनुमति पत्र खारेज गर्ने चेतावनी दिएको छ । 


दुई साताअघि नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ,’ प्राधिकरणबाट इन्टरनेट सञ्चालन अनुमति प्राप्त संस्थाले हालसम्म प्राधिकरणको निर्णय कार्यान्वयन भएको वा नभएको कुनै त्यसको कुनै जवाफ नआएकाले २४ घण्टाभित्र जानकारी गराउन यो सूचना प्रकाशित गरिएको छ ।‘

इन्टरनेट सेवा प्रदायक कम्पनीले २४ घण्टामा कुनै जवाफ नदिएमा दुरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जानकारी दिएको छ ।


Author

थप समाचार
x