समाज

दलित आयोगले भन्याे : नेपाल प्रहरीले दलितलाई जबरजस्ती फसाउँछ

इकागज |
मंसिर १५, २०८० शुक्रबार २१:२३ बजे

काठमाडौँ- राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाल प्रहरीले दलित समुदायलाई जबरजस्ती फसाउने गरेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धेरै निर्दोष दलितलाई फसाएर नेपाल प्रहरीले जेल चलान गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले दलितहरूलाई फसाउने काम नगर्न भनेर आफूले पटकपटक प्रहरी नेतृत्वलाई भन्ने गरेको गुनासो पनि गरे ।


अध्यक्ष विश्वकर्माले दलित समुदायले कानुन नजानेर फस्ने गरेको भन्ने नेपाल प्रहरीको भनाइमा सत्यता नरहेको जिकिर समेत गरे । उनले दलितहरूलाई फसाउने काम हुन नदिन आयोगले नेपाल प्रहरीसँग मिलेर काम गर्ने योजना बनाएको बताए ।

अध्यक्ष विश्वकर्माले भने, ‘नेपाल प्रहरीले दलितहरुलाई जबरजस्ती फसाईराखेको छ । मैले नेपाल प्रहरीको आइजीपीलाई पनि यो कुरा भनेको छु–मिलेर यो कुरा बुझाउ । उहाँले पनि आयोग र हामी मिलेर यो कुरा बुझाउ भन्नुभएको छ । त्यो काम गर्न हामी प्रयत्नशील छौं । अघि बढाइएको छ । त्यो चाहीँ सत्य होइन कि कानुनको अनविज्ञ भएर पनि दलित समुदाय जेलमा धेरै भएका होइनन् । उनीहरूलाई फसाइएको हो ।’

कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक शारदा थापाले कानुनको जानकारी नभएका कारण पनि दलित समुदाय मुद्दा मामिलामा फस्ने गरेको दाबी गरे । 


Author

थप समाचार
x