सशस्त्रका एसपी अर्याल र भारतीय एसएसबीका कमान्डेन्ट राईले सँगै गरे सीमा स्तम्भको रंगरोगन
टीकाराम बास्तोलाः तस्विर
काठमाडौँ - देशको पूर्वी नाकाबाट नेपाल–भारत सीमा स्तम्भ मर्मत र रंगरोगनको काम सोमबारदेखि सुरु भएको छ ।
झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको हो ।
नेपाल र भारतको बोर्डर वर्किङ ग्रुपको सहमति अनुसार जोर अंकका सीमा स्तम्भको मर्मत सम्भार भारतीय पक्षले र बिजोर अंकका सीमा स्तम्भको मर्मत सम्भार नेपाली पक्षले गर्ने सहमति छ । भारतीय पक्षले झापा जिल्लासँग सीमाना जोडिएका जोर अंकका सीमा स्तम्भहरूको मर्मत सम्भार पहिल्यै गरिसकेको छ ।
झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमामा नेपाली पक्षले बिजोर अंक भएका तीन सय १७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने सशस्त्र प्रहरी बलको २ नं गण भद्रपुरका गणपति देवराज अर्यालले बताए । मर्मत सम्भार क्रममा भत्किएका र ढलेका स्तम्भहरूको पुनःस्थापना र सबै स्तम्भको रङगरोगन गरिने उनले बताए ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, भारतीय सीमा सुरक्षा बल (एसएसबी)का कमान्डेन्ट नवीनकुमार राई, सशस्त्र प्रहरी नम्बर २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याललगायतले सीमा स्तम्भमा संयुक्त रुपमा रङरोगन गरेर सीमा स्तम्भहरूको मर्मतको उद्घाटन गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया