'अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोबारलाई सरल प्रक्रियामा लैजानुपर्छ'
काठमाडौँ- नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोबारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्नेमा घरजग्गा व्यवसायीहरूले जोड दिएका छन् ।
रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायलाई उत्पादनशील क्षेत्र मानेर राज्यले त्यही अनुरूपको नीति, ऐन, नियमावली र निर्देशिका समयानुकूल बनाएमा वर्तमान अवस्थामा देखिएको आर्थिक शिथिल वातावरण स्वतः हटेर जाने बताए । अध्यक्ष लोहनीले अर्थतन्त्रमा अहिले देखिएको शिथिलता घरजग्गा कारोबारले गति लिन नसकेसम्म समाधान नहुने बताए ।
घरजग्गा कारोबार सुस्त हुँदा राज्यको ३० देखि ५० अर्बसम्मको राजस्व गुमिरहेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका सचिव रामसुन्दर बकेले नेपालमा अहिले घरजग्गाको कारोबारको अवस्था संविधानले प्रत्याभूत गरेको अधिकारभन्दा बाहिर गएर सरकारले असान्दर्भिक नियमावली ल्याएर अवरोध खडा गरेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया