मृत्युभय युक्त देवता महाभैरवको पूजाआजा गरियाे
काठमाडौँ- मंसिर कृष्ण अष्टमी, भैरवको जन्म भएको दिनका रूपमा मृत्युभय युक्त देवता महाभैरवको पूजाआजा गरिएको छ ।
भैरवाष्टमी समेत भनिने यस दिनमा काठमाडौँको वसन्तपुरस्थित कालभैरवको मन्दिरमा विशेष पूजाआजा गरिएको छ । पौराणिक कालदेखि नै भैरवलाई मृत्युभन्दा कठोर र उग्र स्वभावका देवताका रूपमा पूजा गरिन्छ । शिवबाटै उत्पन्न भएको हुनाले भैरवलाई शिवपुत्र मानिन्छ ।
भगवान शिवका विभिन्न आठ रूपमध्ये भैरव एक रूप हो । राष्ट्रको रक्षाका लागि शिव भगवानले भैरवको उत्पति गरेको कथन रहेको युवा विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जनले बताए । नेपालमा मल्लकालमा काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन गर्दा काल भैरवको मुर्ति भेटेर काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा ल्याई प्रतिस्थापन गरेको उनको भनाइ छ ।
काल भैरव राखिएको त्यही ठाउँ भैरवस्थान भनेर चिनिन्छ । मंसिर कृष्णपक्षको सप्तमी तिथिको अन्त्य भएर अष्टमी लागेकै बखत त्रिनेत्रधारी महादेवका अंशका रूपमा भैरवको जन्म भएको पौराणिक कथन रहेको छ । त्यसैकारण यस दिनलाई काल भैरवाष्टमी पनि भनिएको महर्जनले बताए । भैरवको आश्रय लिएको खण्डमा मानिस निर्भय हुने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया