दार्चुलामा जेठाजुबाटै बुहारीमाथि कुटपिट
सांकेतिक तस्बिर
दार्चुला- दार्चुलामा जेठाजुबाटै एक महिलामाथि कुटपिट भएको छ । जिल्लाको नौगाड गाउँपालिका-१ कसाडकी ३० वर्षीया बसन्ती ठगुन्नामाथि जेठाजु नाता पर्नेबाटै कुटपिट भएको हो ।
ठगुन्नालाई मङ्सिर १५ गते राति जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गरेको पीडितको गुनासो छ । बसन्ती नौगाड गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन् । कुटपिटबाट टाउको र अनुहारमा गहिरो चोट लागि घाइते भएकी ठगुन्नाको मङ्सिर १६ गते जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको जिल्ला अस्पताल, दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।
रातिको समयमा घरभित्र प्रवेश गरी जेठाजुले निर्धात कुटपिट गरेको पीडितको गुनासो छ । पीडित पक्षले जयरामविरुद्ध मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र जयराम फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका डिएसपी शिवबहादुर सिंहले बताए ।
अहिले बसन्तीको उपचार धनगढीको मायामेट्रो अस्पतालमा भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया