समाज

क्यासिनो प्रवेश गर्न नेपालीलाई भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ

इकागज |
मंसिर २१, २०८० बिहीबार १६:३४ बजे

काठमाडौँ- नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई काठमाडौँ बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोबिन्द खड्का, ओखलढुंगा चिसंखुगढी गाउँपालिका-८ घर भई ललितपुर सातदोबाटो नखिपोट बस्ने ३९ वर्षीय नविन राई र रुपन्देही तिलोत्तमा नगरपालिका-२१ कोटिहवा घर भई काठमाडौँ तारकेश्वर बस्ने २५ वर्षीय विनोद न्यौपाने रहेका छन् । 


काठमाडौँ उपत्यकाका क्यासिनोहरूमा हुने विभिन्न कृयाकलापहरूमाथि निगरानी गर्ने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 


Author

थप समाचार
x