समाज

नागढुंगाबाट दुई केजी सुन बरामद प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ

इकागज |
मंसिर २४, २०८० आइतबार १७:५५ बजे

काठमाडौँ- नागढुंगाबाट दुई केजी सुन बरामद प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा २७ वर्षीय चेन झिवेई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।


मंसिर २१ गते रसुवाबाट काठमाडौँ आउँदै गरेको निजी गाडीबाट दुई किलो सुनसहित तीन जना पक्राउ परेपछि चिनियाँ नागरिक चेन भने फरार थिए ।

यसअघि पक्राउ परेका तीनै जना रसुवाका स्थानीय हुन् । चिनियाँ नागरिक चेनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।


Author

थप समाचार
x