बर्दियाबाट २९ तोला सुनका गरगहनासहित दुई जना पक्राउ
बर्दिया- बर्दियाबाट झन्डै २९ तोला सुनका विभिन्न गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिक-१९ राँझाका २९ वर्षीय मोहन विक र बाँके राप्ती सोनारी गाउँपालिका-२ स्थायी घर भई डुडुवा गाउँपालिका-५ जब्दहवा बस्दै आएका ३८ वर्षीय देवेन्द्रबहादुर घर्तीलाई शनिबार बेलुकी साढे ६ बजेतिर पक्राउ गरिएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३-८१६८ नम्बरको कारसहित उनीहरूलाई स्रोत नखुलेको २८ सेट सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताए ।
गोप्य सूचनाका आधारमा जिल्ला र इलाकाको संयुक्त गस्ती टोलीले बारबर्दिया नगरपालिका-९ कर्तनियाघाटस्थित चेकप्वाइन्टमा उनीहरूलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बगनाहा, मोतीपुर र कतरनियाको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गमा चेकका क्रममा उनीहरूलाई पक्राउ गरिएको र पक्राउ परेकाहरूले सुनका गरगहना कहाँबाट ल्याइएका हुन् भन्ने स्रोत खुलाउन नसकेको प्रहरीको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया