समाज

एनसेल छानबिन समितिले काम गर्न सक्दैन : पूर्व कार्यवाहक महालेखा परीक्षक खत्री

इकागज |
मंसिर २४, २०८० आइतबार १९:३० बजे

काठमाडौँ- पूर्व कार्यवाहक महालेखा परीक्षक सुकदेव भट्टराई खत्रीले सरकारले गठन गरेको एनसेलको शेयर खरिदबिक्री प्रकरण छानबिन समितिले विश्वसनीय ढंगले काम गर्नेमा आशंका व्यक्त गरेका छन् ।

आइतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’ विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै उहाँले छानबिन समितिको विश्वसनीयताप्रति आशंका व्यक्त गरेका हुन् । उनले सरकारको बृत्तिविकास खाएको पदाधिकारीले काम गर्न सक्नेप्रति प्रश्न उठाए । उनले सरकारले गठन गरेको छानबिन समितिले काम नगर्ने बताए ।


सरकारले आफ्नो पक्षमा ल्याउनका लागि मात्रै समिति गठन गरेको उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले स्थानीय तहमा भ्रष्टाचार भइरहेका कारण संघीयतामाथि प्रश्न उठेको बताए । उनले मधेस र जनजातिलाई विश्वासमा नलिइकन संघीयता खारेजीको एकोहोरो रटान गर्नु आत्मघाती हुनसक्ने धारणा राखे । उनले एनसेलको पैसा नखाएकाहरू सत्तामा पुग्ने कोही पनि नभएकाे भन्दै एनसेल प्रकरणको सम्बन्धमा आफूहरूले आन्दोलन गर्ने जानकारी दिए ।​

राजनीतिशास्त्रका प्राध्यापक तथा लेखक लोकराज बरालले देशमा गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको मूल्यलाई भित्रैबाट आत्मसात् नगरिएको बताए । उनले नेपालीहरू परिवर्तन गर्न माहिर भए पनि परिवर्तनलाई संस्थागत गर्ने आचरण र संस्कृति भने नभएको जिकिर गरे । सबैको दिमागमा अस्थिरता मात्रै रहेको भन्दै उनले त्यस्तो सोचाइ राख्नु नहुने बताए ।

उनले लोकतन्त्रप्रति सबैको प्रतिबद्धता आवश्यक भएको बताए ।

 


Author

थप समाचार
x