कुकुरले टोकेको शङ्का गरिएका दुई बालबालिकाको ज्यान गयो
सांकेतिक तस्बिर
दाङ- दाङमा मंसिरको २ गते कुकुरले टोकेको शङ्का गरिएका दुई जना बालबालिकाको दुई दिनको अन्तरमा ज्यान गएको छ ।
दाङको घोराही उपमहानगरपालिका-१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
स्थानीय नरेश चौधरीकी ६ वर्षीया छोरी निलमको मङ्सिर २२ गते र गिरिराज वलीका ५ वर्षीय छोरा गम्भीरको आइतबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।
उनीहरूको हातखुट्टा तथा अनुहारमा जनावरले टोकेको घाउको खत देखिएको थियो । ती बालबालिकाले सानो खैरो कुकुरले टोकेको भने पनि कुकुर, जङ्गली ब्वाँसो या स्याल केले टोकेको भन्ने पुष्टि हुन सकेको थिएन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया