समाज

मुद्दा मिलाई थुनामुक्त गराइदिन्छु भन्दै ९९ लाख ७५ हजार ठगी, दुईजना पक्राउ

इकागज |
मंसिर २६, २०८० मंगलबार २०:० बजे

काठमाडौँ- मुद्दा मिलाई दिन्छु भन्दै रु ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका-१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका-५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका-१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।  


आपराधिक विश्वासघात र सङ्गठित अपराध समेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिन्छु भन्दै खड्काका परिवारबाट पटक-पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

निजहरूमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ । रासस


Author

थप समाचार
x