समाज

ओशोधारा नेपालमा मनाइयो ओशोको जन्मोत्सव

इकागज |
मंसिर २६, २०८० मंगलबार २१:२५ बजे

काठमाडौँ- ओशोधारा नेपालले ओशोको जन्मोत्सव  मनाएको छ । दार्शनिक परमगुरू, परम चेतना र दिव्य ऊर्जाको स्वरूप मानेर जन्मोत्सव मनाएको हो ।

जन्मदिनको अवसरमा भएको कार्यक्रममा मानिसका भावना, दमित आकांक्षा र लुकेर बसेका रिपुहरूको बारेमा अनुभवको आधारमा खुलस्त बोलेकै कारण ओशोलाई विवादास्पद गुरू भनेर पनि व्याख्या गरिएको थियो ।


शास्वत सनातन धर्मलाई आत्मसात गर्दै नव मनुष्य र पूर्ण मनुष्यको परिकल्पना ओशोको सपना रहेको आचार्य डा नम्रता पाण्डेले कार्यक्रममा जन्मोत्सव कार्यक्रममा बताइन् ।

गुरूको सानिध्यमा ध्यान र प्रेम, साक्षी र तथाता, समाधि र संबोधिको माध्यमबाट ज्ञान र भक्तिमा उपलब्ध हुने कला सिक्न सकिने उनले बताइन् । साधकहरूले आफ्नो जीवनलाई पूर्णताले जिउन प्रेरित गर्न सक्ने उनको भनाइ थियो ।

उनका अनुसार जीवन विज्ञानको उन्नति हो भनेर मात्र चल्दैन धर्म र विज्ञान दुवैको समीश्रण ज्ञान आवश्यक छ जुन ओशोधारामा प्रयोग गरिन्छ । विज्ञान बाहिरी खोज हो भने धर्म आन्तरिक खोज हो । विज्ञानको सम्बन्ध शक्तिसँग छ । धर्मको सम्बन्ध शान्तिसँग छ ।

करिब २० वर्षदेखि ओशोधारामा साधना गर्दै आएका पूर्ण माली, अजय शाह, विपुल वाग्ले, सरस्वती खनाल, सिमा ज्ञवाली, पूजा भट्टराई, नारयण कुँवर र संगीता राईको उपस्थिति थियो ।

सहभागी ओशोको अनुयायी तथा देशना र ओशोधाराका ध्यान साधना पद्धतिले आफूहरूको जीवनमा प्रतिकूलतामा पनि उमंग र जागरण पैदा हुने बताएका थिए ।

ओशोधारा नेपाल जनकपुर ध्यान साधना केन्द्र, मंगलापुर ध्यान साधना केन्द्र, विराटनगर लगायत काठमाडौँ उपत्यकाका विभिन्न ध्यान केन्द्रहरूमा उपस्थितिमा ओशोको जन्मदिन मनाइएको थियो ।


Author

थप समाचार
x