समाज

आजको मौसम : बिहान हुस्सु, दिउँसो सफा रहने

इकागज |
मंसिर २९, २०८० शुक्रबार ७:८ बजे

फाइल तस्बिर

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ । त्यस्तै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 


आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।


Author

थप समाचार
x