समाज

मेयर बालेनले प्रधानमन्त्री प्रचण्डलाई भनेः फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न सहयोग गरिदिनू

इकागज |
मंसिर २९, २०८० शुक्रबार १३:३० बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौँ उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । 

शुक्रबार २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाहले काठमाडौँ उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका,प्रदेश सरकार र संघीय सरकारको भुमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरेका हुन् ।


उनले साढे तीन वर्षभित्रमा फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए । मेयर साहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह पनि गरे ।

‘हामीले गर्ने कामहरू केही अझै बाँकी छन् । काठमाडौँ महानगरपालिकाले वाचा गरेका कामहरू धेरै बाँकी छन् । तिमध्ये तीन वटा विशेष कामहरू जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ,’ उनले भने ।

मेयर शाहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ सरकारसँग आग्रह गरे।


Author

थप समाचार
x