समाज

काठमाडौँमा सोती घटनाका पीडित परिवारको धन्यवाद सभासहित र्‍याली

इकागज |
मंसिर २९, २०८० शुक्रबार २०:४६ बजे

 काठमाडौँ- रुकुम पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विकका परिवारले न्याय पाएको भन्दै धन्यवाद दिएका छन् ।

छोरा मरे, न्याय मरेन भन्दै उनीहरूले काठमाडौँमा धन्यवाद सभासहित र्यालीको आयोजना गरेका थिए । भृकुटीमण्डपदेखि सुरु भएको र्याली बाजागाजासहित शान्तिबाटीका पुगेर समापन भएको थियो ।


२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका बेला स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए ।

जिल्ला अदालत, रुकुम पश्चिमले १९ मंसिरमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएको अभियोगमा २३ जनालाई जन्दकैदको सजाय सुनाएको थियो ।

धन्यवाद सभामा नवराज विकका बुबा मोहन विकले आफूले न्याय पाएको भन्दै खुसी व्यक्त गरे । अदालतको फैसलाले उचित न्यायको महसुस भएको भन्दै आफूहरूलाई समर्थन गर्ने सबैलाई उनले धन्यवाद दिए ।

उनले अदालतको फैसलापछि प्रहरी प्रशासनले आवश्यक समयमा सुरक्षा प्रदान गरिरहेको बताए ।


Author

थप समाचार
x