समाज

गोविन्द केसी अनसन बसेपछि धनगढीमा विरोध प्रदर्शन

इकागज |
मंसिर ३०, २०८० शनिबार १६:१४ बजे

धनगढी - डा. गोविन्द केसीविरूद्ध प्रदर्शन भएको छ ।

चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका डा. केसी धनगढीमा अनशन बसेपछि शनिबार प्रदर्शन भएको हो ।


उनी अनसन बसेपछि त्यसको विरोधमा धनगढीमा चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो । सरोकार समितिका अनुसार गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशवासीको माग विपरीत केसीले अनसन थालेपछि प्रदर्शन गर्नु परेको हो । सो क्रममा संघर्ष समितिका प्रदर्शनकारीहरूले डा. केसीविरुद्ध नाराबाजी समेत गरेका छन् ।

डा. केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेपनि प्रदर्शनकारीले अवरोध गरेपछि उनी त्यहाँबाट निस्केर लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसनमा बसेका थिए । तर, अनसन बसेपछि स्थानीयले उनीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । 


Author

थप समाचार
x