समाज

ब्लड क्यान्सर पीडित बालककाे उपचार खर्च जुटाउन अभियान

इकागज |
पुस २, २०८० सोमबार ६:५५ बजे

काठमाडौँ- डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-१ ऐराेडाका बालक विश्वास ऐर काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचार छन् । ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका ८ वर्षीय उनलाई थप उपचारमा रकम अभाव भएपछि खर्च जुटाउन अभियान चलाइएकाे छ । 

उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि विश्वासका दाइ किरण ऐरले सबैसँग सहयोगको अपिल गरेका छन् । किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत याे अभियानमा सहभागी भएर सहयाेग गर्नेहरूलाई धन्यवाद पनि दिएका छन् । साथै अझै बढी सहयाेग जुटाउन उनले सम्पूर्णमा अनुराेधसमेत गरेका छन् । 


विश्वास ऐरबारे मेडिकलकाे पूर्ण विवरण:


Author

थप समाचार
x