समाज

डा. गोविन्द केसीले तोडे अनशन

इकागज |
पुस २, २०८० सोमबार १८:२० बजे

फाइल तस्बिर

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन् । 

डा. केसीले ७२ घण्टापछि सोमबार साँझ धनगढी उपमहानगरपालिका-१ की अञ्जली नेपाली र धनगढी उपमहानगरपालिका-७ की रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।


डा. केसीले २९ मंसिरको साँझ ५ बजेदेखि धनगढीको कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका थिए । अनशन तोडेपछि डा. केसी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुँदै छन् ।


Author

थप समाचार
x